नियम
सशस्त्र प्रहरी सेवामा रहने श्रेणी तथा पद
: (१) सशस्त्र प्रहरी सेवामा देहायका श्रेणीहरु रहने
छन् :–
(क) राजपत्राङ्कित
(ख)   राजपत्र अनङ्कित
(२) सशस्त्र प्रहरी सेवाको राजपत्राङ्कित श्रेणीमा देहायका पदहरु रहनेछन् :–
(क)   विशिष्ट श्रेणी   – सशस्त्र प्रहरी महानिरीक्षक
                                    – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
(ख)   प्रथम श्रेणी    – सशस्त्र प्रहरी नायब महानिरीक्षक
                                    – सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक
(ग)    द्वितीय श्रेणी    – सशस्त्र प्रहरी उपरीक्षक
                                    – सशस्त्र प्रहरी नायब उपरीक्षक
(घ)    तृतीय श्रेणी    – सशस्त्र प्रहरी निरीक्षक
 (३) सशस्त्र प्रहरी सेवाका राजपत्र अनङ्कित श्रेणीमा देहायका पदहरु रहनेछन् :–
(क)   प्रथम श्रेणी    – सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक
                                    – सशस्त्र प्रहरी नायब निरीक्षक
(ख)   द्वितीय श्रेणी    – सशस्त्र प्रहरी सहायक निरीक्षक
(ग)    तृतीय श्रेणी    – सशस्त्र प्रहरी वरिष्ठ हवल्दार
                                    – सशस्त्र प्रहरी हवल्दार
                                    – सशस्त्र प्रहरी सहायक हवल्दार
(घ)    चतुर्थ श्रेणी    – सशस्त्र प्रहरी जवान वा रिक्रुट
(ङ)    श्रेणी विहिन    – सशस्त्र प्रहरी परिचर वा सो सरह
(४) सशस्त्र प्रहरी सेवाका विभिन्न समूह तथा उपसमूहमा देहाय बमोजिमका पदहरु  रहनेछन् :–
(क)   साधारण समूह, साधारण उपसमूहमा सशस्त्र प्रहरी परिचर देखि सशस्त्र प्रहरी महानिरिक्षकसम्म,
(ख)   साधारण समूह, कानुन उपसमूहमा सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी नायब महानिरीक्षकसम्म,
(ग)   साधारण समूह, लेखा उपसमूहमा सशस्त्र प्रहरी वरिष्ठ हवल्दारदेखि सशस्त्र प्रहरी नायब महानिरीक्षकसम्म, र
(घ)   प्राविधिक समूहमा सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी अतिरिक्त  महानिरीक्षकसम्म ।